दफा २२
मेलमिलाप गराउन सक्ने मेलमिलाप गराउन सक्ने
(१) पीडक वा पीडितले मेलमिलापको लागि आयोग समक्ष निवेदन दिएमा आयोगले पीडक र पीडित बीच एक आपसमा मेलमिलाप गराउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम पीडक र पीडित बीच मेलमिलाप गराउने सम्बन्धमा
आयोगले पीडकलाई निजले गरेको गलत कामको पश्चाताप गर्न लगाई पीडितस“ग माफी माग्न लगाउनेछ ।
(३) उपदफा (१) बमोजिम मेलमिलाप गराउँदा आयोगले पीडितलाई हुन गएको क्षति वापत मनासिव क्षतिपूर्ति पीडकद्वारा उपलब्ध गराउन लगाउन सक्नेछ ।
(४) मेलमिलाप गराउने सम्बन्धमा पीडक र पीडितलाई उत्प्रेरित गर्नको लागि आयोगले देहायको काम गर्न वा गराउन सक्नेछः–
(क) सशस्त्र द्वन्द्वग्रस्त ठाउँमा पीडक, पीडित तथा निजका परिवारलाई सम्मिलित गराई मेलमिलाप समारोह आयोजना गर्न,
(ख) पीडक, पीडित तथा निजका परिवारको संलग्नतामा सशस्त्र द्वन्द्वको क्रममा मरेका व्यक्तिको सम्झना स्वरुप प्रतिमा वा सार्वजनिक
स्थल निर्माण गर्न वा स्तम्भ खडा गर्न लगाउन,
(ग) मेलमिलाप सम्बन्धी विभिन्न लेख, रचना, निबन्ध, गीत, चित्र आदि प्रकाशन गर्न,
(घ) सामाजिक तथा सामुदायिक सद्भाव बढाउन,
(ङ) अन्य उपयुक्त कार्य गर्न ।
(५) पीडितको मृत्यु भैसकेको वा पीडित नाबालक वा मानसिक रुपले अस्वस्थ भएको अवस्थामा आयोगले पीडितको परिवार र पीडकस“ग यस दफा बमोजिम मेलमिलाप गराउन सक्नेछ ।
(६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि आयोगले दफा २६ को उपदफा (२) बमोजिम क्षमादानको लागि सिफारिसमा नपरेका पीडकसंग पीडितको मेलमिलाप गराउन सक्ने छैन ।